0 COMMENTS

काठमाडौं,२० पुस २०७३ / काठमाडौंमा भइरहेको सडक विस्तार अभियानको विरोधमा आज उपत्यका बन्दको आह्वान गरिएको छ ।यो कुनै सत्ता प्राप्तिका लागि होइन न कुनै पदका लागि । मानिस जन्मेपछि राज्यद्वारा गाँस, बास र कपासको प्रत्याभूत गरिनु पर्ने हो तर यसको विपरित राज्यद्वारा ती आधारभूत आवश्यकता मध्ये सडक विस्तारको नाममा काठमाण्डौका आदिवासीहरुको बास उठाई विस्थापित गर्ने  प्रयास भैरहेको छ । यो राज्यको आतंक हो बाटो फराकिलो बनाउने नाममा आफूहरुलाई उठिबास गराउन लागेको ले  यस्ता कार्यको विरोध सबै तर्फका नागरिकहरुबाट हुनुपर्दछ  भन्दै अाज २३ वटा उपत्यकाब्यापी सडक विस्तारपीडित संघर्ष समितिले संयुक्त रुपमा उपत्यका बन्द आह्वान गरेका हुन् ।

बन्दका कारण केही बजार पसल बन्द भएका छन् भने सार्वजानिक यातायातपछि निक्कै कम चलेका छन् । सडक विस्तार गरिँदा आफ्नो घरहरुमा क्षतिपुगेको भन्दै विभिन्न सडक विस्तारपीडित संघर्ष समितिहरुले सडक विस्तारको विरोध गर्दै आएका छन् । सडक विस्तार विरुद्ध गरिएको बन्दलाई मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी निकट नेवाः राष्ट्रिय मुक्ति मोर्चाले पनि साथ दिने जनाएको छ । मोर्चाका अध्यक्ष पवनमान श्रेष्ठले विज्ञप्ति जारी गर्दै बाटो विस्तार अभियानलाई जनविरोधी गतिविधि भएको बताएका छन् ।

उपत्यका विकास प्राधिकरणले बाटो फराकिलो बनाउने नाममा नगरपालिकाबाट नक्सा पास गरी सडकका दायाँ बायाँ बनाइएका रैथाने जनताका घर टहरा बिना मुआब्जा र क्षतिपूर्ति उठीबास गराउने काम गरेको उनीहरुको आरोप छ । तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईको पालादेखि शुरु भएको सडक विस्तार अभियानलाई अहिलेको सरकारले पनि ब्यापकता दिएको छ ।
यो रहर होइन बाध्यता हो । 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।