0 COMMENTS

15894479_1372896976106178_8646123039406624606_nसमाजकाे अावाज
काठमाण्डाै१९,पुस२०७३ /नेपाली चलचित्रमा लामो समयदेखि काम गर्दै आएका कलाकार तथा रंगकर्मी विष्णुभक्त फुयाँलको आज निधन भएको छ । उनको काठमाण्डौको राष्ट्रिय नाँचघरमा नाटकमा अभिनय गर्दा गर्दै निधन भएको हो । बद्रि अधिकारीको निर्देशनमा मञ्चन भैरहेको नाटक ‘महर्षि यज्ञ बैल्क्य’मा राजा जनकको भूमिकामा अभिनय गर्दा गर्दै उनी बेहोस भएका थिए ।

नाटकमा अभिनय गर्दै गर्दा उनी एक्कासी बेहोस भएका थिए । उनलाई उपचारका लागि काठमाण्डौको वीर अस्पताल पुर्याइएको थियो । हाँस्य सिरियल ‘तितो सत्य’मा उनले काम गरेका थिए । यो सिरियलमा उनी कलाकार दीपाश्री निरौलाको बुबाको भूमिकामा देखिएका थिए । साथै, थुप्रै चलचित्रमा पनि उनले अभिनय गरेका थिए ।

रंगकर्ममा नै काम गर्दा गर्दै मर्न पाउँ भन्ने फुयाँल अन्ततः नाटकमा अभिनय गर्दा गर्दै सबैलाई छाडेर बिदा भएका छन् । ‘तितो सत्य’मा ‘योर माई लभ’ नाम थेगोका कारण उनी चर्चित बनेका थिए ।bishnu bhakta

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।