0 COMMENTS

पुस १९, २०७३- चन्दननाथ मन्दिरबाट चोरी भएका मूर्तिहरु वेवारिसे अवस्थामा फेला परेका छन् । जुम्ला देपालगाउँ ३ रोकायावाडाको वाटोमा १४ वटा मूर्ति र दुई वटा शंख फेला परेको हो ।

बिहान ५ बजे स्थानीय माया गिरी दाउरा ल्याउन जंगल जाँदै गर्दा बाटोमा मूर्तिहरु छरिएर रहेको देखेपछि प्रहरीलाई खबर गरिएको थियो । माया गिरीले बजार बस्ने आफ्ना नातेदार मेघराज गिरीलाई फोन गरी प्रहरीलाई खवर गरिदिन भनेकी थिइन् ।chandannath-ko-murti-fela7-03012017104118-1000x0

एक महिना अघि कर्णालीको धरोहरको रुपमा रहेको चन्दननाथ मन्दिरबाट मुख्य दत्रात्तय लगायतका २१ वटा मूर्ति चोरी भएका थिए । चन्दनाथ मन्दिरबाट चोरी भएका गौतम बुद्ध, सरस्वती, वालगोपाल, बुद्धको सानो मूर्ति लगायत १४ वटा मूर्ति बाटो र खोलामा बेवारीसे अवस्थामा फालिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । यि मूर्ति चन्दनाथका भएको स्थानीय तारासिंह कठायतले वताए ।chandannath-ko-murti-fela8-03012017104118-1000x0

अन्य मूर्तिहरु त्यही एरियामा हुन सक्ने भन्दै प्रहरीले थप खोजी कार्य तीव्र गरेको छ । गत मंसिर ११ गते मूर्ति चोरी भएबाट प्रहरीले खोजी कार्य तीव्र बनाएको थियो ।chandannath-ko-murti-fela2-03012017104117-1000x0

chandannath-ko-murti-fela3-03012017104117-1000x0सामाग्री साभार इ कान्तीपुर 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।