0 COMMENTS

 काठमाण्डाै १८पुस०७३ /अबैध कल बाईपास गर्ने राष्ट्रिय अन्तराष्ट्रिय गिरोहलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट लामो समयदेखि निरन्तर संचालनमा रहेको Operation Voice Fox अन्तर्गत खटिएको प्रहरी टोलीले काठमाडौंका कोटेश्वर लगायतका स्थान तथा पोखरा लगायत देशका विभिन्न ठाउँमा अबैध कल बाइपास संचालन भैरहेको भन्ने सुचनाका आधारमा तीनजना लाइ नीयन्त्रणमा लीएकाे छ । पक्राउ पर्ने हरूमा  ललितपुर, सानेपा स्थायी घर भई  कार्य बिनायक न.पा. वडा नं. ३ बस्ने बर्ष ६५ को राकेश गिरी र का.जि.का.म.न.पा. वडा नं. ३५ बाट  रुकुम जील्ला जाङ गा.वि.स. वडा नं. ६ स्थायी वतन भई हाल का.जि. का.म.न.पा. वडा नं. ३५, कोटेश्वर बस्ने रत्न बहादुर मल्लका छोरा बर्ष ३४ का गणेश कुमार मल्ल र  निम्न उपकारणहरु सहित पक्राउ गरी आवश्यक कानुनी प्रकृया अगाडी बढाईएको छ । यस सम्बन्धमा थप अनुसन्धान कार्य भैरहेको छ भने निजै अभियुक्त राकेश गिरीले नै  कास्की जील्ला, पोखरा उप. न.पा., तुलसीमार्ग, वडा नं. ११ मा समेत  रुकुम जील्ला,   जाङ गा.बि.स. वडा नं. ९ घर भएका वर्ष २८ का शिवचन्द्र रोक्कालाई प्रयोग गरी अवैध कलबाईपास संचालन गरिरहेको अवस्थामा पक्राउ गरी जिल्ला प्रहरी कार्यालय, कास्कीमा आवश्यक कानूनी कारवाहीको लागी बुझाएको छ ।साथै उक्त अवैध कल बाईपासमा काठमाण्डौंको कोटेश्वरमा ३२ पोर्ट र पोखरामा ६४ पोर्ट गरी कुल ९६ पोर्टको GOIP बरामद भएको छ ।

बाबु छोरा नै पटक पटक अवैध कल बाईपासमा सम्लग्न

  • जि. सिराहा बस्तिपुर-६ घर भई हाल ललितपुर भैसेपाटी बस्ने बर्ष ६५ को राकेश गिरीलाई यस भन्दा पहिले पनि २०६३ श्रावनमा ललितपुर ललितपुर उप-महानगरपालिका ठेचोबाट अवैध कल बाईपास गरेको अभियोगमा पक्राउ गरी २४ दिन कैद भुक्तान गरी रु ५ लाख धरौटीमा रिहा ।
  • मिति २०६८/०३/०३ गते का.जि का.म.न.पा-२० जैसिदेवलबाट प्रकाउ गरेकोमा राकेश गिरी १ वर्ष र गिरीश गिरी (जि. सिराहा बस्तिपुर-६ घर भई हाल ललितपुर भैसेपाटी बस्ने राकेश गिरीको छोरा बर्ष ३५) २ वर्ष कैद भुक्तान गरी छुटेको ।
  • मिति २०७१/०६/०७ गते ललितपुर उप-महानगरपालिका वडा नं. १८ किसी चोकबाट पक्राउ

      गरेकोमा बाबु राकेश गिरी १ वर्ष ६ महिना र छोरा गिरीश गिरी २ वर्ष कैद भुक्तान गरी छुटेको ।

अबैध कल बाइपासका असरहरु :

  • विदेशबाट आएको कलको गुणस्तरमा ह्रास आउने, कुरा गर्दै गर्दा आफै र्लाइन काटिने, Fax नआउने
  • विदेशबाट आएको कलमा नेपालको लोकल नंबर नै कलर आइडिमा देखिने
  • राज्यलाई प्राप्त हुने राजश्वमा नोक्सान पुग्ने, अनुमति प्राप्त दुरसंचार सेवा प्रदायकहरुको आयमा ठूलो नोक्सानी हुने
  • कल बाइपास भएर आएको नंबर Trace गर्न कठिन हुने भएकाले अपराध अनुसन्धान गर्न कठिन हुने
  • विदेशबाट आएको कलमा नेपालको लोकल नंबर नै कलर आइडिमा देखिएमा नेपाल टेलिकमको निशुल्क नंबर १८८ मा फोन गरी जानकारी गराउन हुन वा केन्द्रीय अनुसन्धान ब्यूरोको नंबर ०१-४४११७७६ वा ९८५१२८३१४० मा सम्पर्क गर्नहुन वा ब्यूरोको इमेल ठेगाना [email protected] मा इमेल पठाउन हुन अनुरोध गरिन्छ ।
प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।