0 COMMENTS

काठमाण्डाै,१८ पुस ०७३/नक्कली जग्गा धनी बनी ३ बिगाह जग्गा बिक्रि गरी ठगी गर्ने संगठित रूपमा अपराध गर्ने गिरोहलाइ प्रहरीकाे केन्द्रिय अनुशन्धान ब्युराे बाट खटिएका प्रहरीकाे टाेलीले पक्राउ गरेकाे छ । पक्राउपर्नेहरूमा जिल्ला मोरङ, ईटहरा गा.वि.स. वडा नं. ३ बस्ने बर्ष ४८ का देबेन्द्र थापा,जिल्ला झापा, गौरीगंज गा.वि.स. वडा नं. ५, हुक्कागाछी, ढुकुरपानी बस्ने बर्ष ४६ का नगेन्द्र कार्की र जि.खोटाङ खल्ले -७ स्थाई घर भएका वर्ष ३४ का मिन बहादुर भट्टराई रहेका छन नीजहरूले  चितवन, भण्डारा गा.वि.स. वडा नं. २ बस्ने लोकेन्द्र राज पाठकको नामको भण्डारा गा.वि.स. वडा नं. २ कि. नं. १०८२ को क्षेत्रफल ३-१-५ ( तीन बिगाह एक कठ्ठा पाँच धुर ) जग्गा प्रतिवादी देबेन्द्र थापा समेतको गिरोहले तत्कालीन डिल्लीबजार मालपोत कार्यालय तथा चितवन मालपोत कार्यालयका कर्मचारीसँग मिलेमतो गरी जग्गाधनी लोकेन्द राज पाठकको नागरिकता तथा जग्गा धनी पुर्जा कीर्ते खडा गरी आफैं जग्गाधनी बनी मालपोत कार्यालय, डिल्लीबजार, काठमाडौंबाट मिति २०६६/११/२८ गते उक्त जग्गाको कुल मुल्य रु. १ लाख मात्र राखी जग्गा बिक्री गर्ने लोकेन्द राज पाठक तथा जग्गा खरीद गर्ने जीवन राज पाठक उल्लेख गरी बेजिल्ले राजिनामा पास गरी पास गरेको सम्पूर्ण सक्कल कागजातहरु हुलाकबाट पठाउनु पर्नेमा उक्त गिरोहको हातमा नै दिई उक्त कागजात लिई गई मिति २०६६/१२/०९ गते मालपोत कार्यालय, चितवनमा उक्त जग्गा नक्कली जीवन राज पाठकको नाममा दाखिला खारेज गरी सोही जग्गा पुन: मिति २०६७/०१/०६ गते निज नक्कली जीवन राज पाठकले मकवानपुर स्थीत नेचुरल फ्लावर एण्ड हर्बल प्रा.लि., कम्पनीलाई रु. ४९ लाख ५० हजारमा राजिनामा बिक्री गरी ठगी गरेको ।
सो कम्पनीले जग्गा खरीद गरेपछी सुरुमा हिमालय बैंकमा धितो राखि रु. ५ करोड कर्जा लिईसकेपछी सो कर्जा प्राईम बैंकले मिति २०६९/०४/१६ मा काठमाण्डौंका थप ३ वटा घर समेत धितो राखि कर्जा स्वायप गरी कुल रु. ८ करोड ऋण उक्त नेचुरल फ्लावर एण्ड हर्बल प्रा.लि., कम्पनीले लिएको खुल्न आएकोले निम्न मानिसहरुलाई पक्राउ गरी अनुसन्धान कार्य भैरहेको । सो घटनामा सम्लग्न अन्य अभियुक्तहरुको व्यापक खोज तलास भैरहेको ।

कसरी गरे ठगी ?
१. वास्तवीक जग्गा धनी लोकेन्द्रराज पाठकको उक्त जग्गाको जग्गा धनी पुर्जाको प्रतिलिपी चितवन जिल्लामा जग्गाको कारोवार गर्ने व्यक्तिहरुबाट देवेन्द्र थापाको गिरोहले जग्गाको लालपुर्जाको प्रतिलिपी प्राप्त गरी सो जग्गा धनीलाई थाहै नदिई जग्गा धनी लोकेन्द्र राज पाठकको नागरिकता तथा उक्त जग्गा धनी पुर्जा समेत कीर्ते खडा गरी निजको भतिजा नाता पर्ने जीनव राज पाठकलाई बेजिल्ले पास गर्ने गरी जिल्ला झापा, गौरीगंज गा.वि.स. वडा नं. ५, हुक्कागाछी, ढुकुरपानी बस्ने बर्ष ४६ का नगेन्द्र कार्की जीवन राज पाठक बनी कीर्ते नागरिकता खडा गरी मालपोत कार्यालय, डिल्लीबजार, काठमाण्डौंबाट सो कार्यालयका कर्मचारीहरुसँग मिलेमतो गरी मिति २०६६/११/२८ गते बेजिल्ले पास गरेका थिए ।
२. बेजिल्ले पास भएपछि सो कागजात मालपोत कार्यालय, डिल्लीबजार, काठमाण्डौंबाट कर्मचारी वा हुलाकबाट जग्गा भएको मालपोत कार्यालय चितवनमा पठाउनु पर्नेमा सोही गिरोहले नै उक्त सक्कल कागजातहरु मालपोत कार्यालय, चितवनमा बुझाउने गरी आफ्नो जिम्मामा लिन सफल भई रु. १ लाख मा पास भएको जग्गालाई अगाडी कीर्ते गरी २ को अंक थपी रू. २१ लाख जग्गाको मुल्य बनाई चितवन मालपोत कार्यालयमा पेश गरी निज नक्कली जीवन राज पाठकको नाममा उक्त जग्गा दाखिला खारेज गरी निज जीवन राज पाठकको नामबाट मिति २०६६/१२/०९ गते मकवानपुर स्थीत नेचुरल फ्लावर एण्ड हर्बल प्रा.लि., कम्पनीलाई रु. ४९ लाख ५० हजारमा राजिनामा बिक्री गरी ठगी गर्न सफल भएका थिए ।
३. उक्त जग्गा मालपोत कार्यालय, डिल्लीबजार, काठमाण्डौंबाट बेजिल्ले पास भई स्रेस्ता निजै गिरोहले आफ्नो साथमा लिई गई मालपोत कार्यालय चितवनमा कार्यरत कर्मचारीहरुसँग मिलेमतो गरी दाखिला खारेज गरी पेश गरेकोमा कर्मचारीहरुले स्रेस्ता नभिडाई, रु. १ लाख रजिष्ट्रेशन पासको बिगोलाई आफै कीर्ते गरी रू. २१ लाख बनाएको नक्कली कागजातको आधारमा निज नक्कली जीवन राज पाठकको नाममा दाखिला खारेज गरी सकेपछि उक्त गिरोहले मकवानपुर स्थीत नेचुरल फ्लावर एण्ड हर्बल प्रा.लि., कम्पनीलाई रु. ४९ लाख ५० हजारमा बिक्री गरेका थिए ।

पीडितले जग्गा फिर्ता गर्न गरेको प्रयास :
१. पीडितले आफ्नो जग्गा कीर्ते गरी बेच बिखन भैसकेको थाहा पाएपछी लिखत बदरको लागी चितवन जिल्ला अदालतमा उजुरी दिए (उक्त मुद्दा विचाराधिनमा रहेको )
२. कीर्ते नागरिकता, जग्गा धनी पुर्जा खडा गरी आफ्नो जग्गा बिक्री गर्ने गिरोहको खोजि र कारवाहीको लागी महानगरीय प्रहरी परीसर, अपराध महाशाखा काठमाण्डौं तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी दिएका थिए भने अन्तिममा यस व्यूरोमा समेत उजुरी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।