0 COMMENTS

morchaआशिष गुप्ता, नेपालगञ्ज १८ पुस०७३ / संसदमा दर्ता भएको सविधान संशोधन प्रस्ताव परिमार्जन गरी पारित गराउन दबाबस्वरुप संयुक्त लोकतान्त्रिक मधेशीमोर्चा बाँकेले नेपालगञ्जकमा ‘खबरदारी विरोध प्रदर्शन’ गरेको छ । मधेशी मोर्चाको पु्र्वनिर्धारित कार्यक्रम अनुसार बाँकेमा सोमबार खबरदारी विरोध प्रदर्शन गरेको हो । मोर्चाको विरोध प्रदर्शनमा आन्दोलनको जस्तै दृष्यहरु देखियो । प्रदर्शनमा गाउँबाट सर्वसाधारणहरु सहभागी भएका थिए । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा बाँकेले सोमावार नेपालगञ्जको महेन्द्र पार्क देखि कमल मधेशी चौक, त्रिवेणी मोड घरवाही टोल,धमोजि चौक,हुदै वीपी चौकमा सम्मपान भएको थियो ।

यो संविधान संशोधन अपूरो रहेकोले यसलाई परिमार्जन गरी पारित गर्नुपर्ने मागसहित प्रदर्शन गरिएको छ । कार्याक्रमा सम्बोधन गदै सदभावना पार्टीका केन्द्रिय सदस्य राम कुमार दिक्षितीले भने वर्षौदेखि मधेशी जनतालाई शोषण गरि उनीहरुका हक अधिकारलाई कुष्ठित गरिएकोले पछिल्लो समयमा नेपालमा भएको जनआन्दोलन तथा मधेश आन्दोलनले उनीहरुका मुद्दालाई अगाडी बढाएको समयमा दोस्रो संबिधान सभाले जारी गरेको सबिधानमा मधेशी, आदीबासी, तथा पछाडी पारिएका समुदायको हक अधिकारलाई कटौती गरिएको मागलाई संशोधन गर्नका लागि थालिएको यो आन्दोलन कुनै जाती, वर्ग समुदायको नभई पहिचानको आन्दोलन भएको दिक्षितले बताए । सदभावना पार्टीका नेता राजेश बार्मा ले भने यो देशले मधेशी र थारुलाई ८ बुदाको सहमती दिने हो भने शान्तिढंगले देश चल्छ होइन भने देश दुर्घटनातिर फस्ने चेतावानी दिए ।

विरोध कार्याक्रम मा सहभागीहरुमा तमोलोप का नेता प्रदीप कुमार गुप्ता अदेश आग्रवाल गिराज पाठक, सदभावना पार्टीका नेतृ रेखा गुप्ता सहभागीत रहेको थियो । यस कार्यक्रममा नागरिक बुद्धिजीवि, पत्रकार, सर्वसाधारण विभिन्न पार्टीको कार्यकर्ता लगायत दुईसय जनाको विरोध जुलुसमा उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।