0 COMMENTS

काठमाण्डाै, १८ पुष २०७३/प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बसेको तीन दलका शीर्ष नेताहरुको बैठक आफ्ना अडान राख्दा राख्दै सकिएको छ । आज १०.३० देखि १२.२० सम्म भएको बैठकपछि नेकपा एमालेका अध्यक्ष केपी ओली संचारकर्मीसँग कुरा गर्दै सत्ता पक्षले संविधान संशोधन विधेयक फिर्ता नलिएसम्म संसद अवरोध कायम रहने बताए । एमालेकै उपाध्यक्ष बामदेव गौतमले सत्ता पक्षले संसदको अवरोध हटाउन अनुरोध गरेको जानकारी दिदै संशोधन विधेयक फिर्ता लिएपछि मात्र संसदको अवरोध अन्त्य हुने आफूहरुले बताएको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।