0 COMMENTS

काठमाण्डौ, १८ पुस०७३ / शिख धर्मका विशिष्ट गुरु गोविन्द सिंहको ३५०औँ जन्मजयन्तीका अवसरमा उनको जन्मस्थान भारतको पटनामा नेपाली शिख धर्मावलम्बीलाई सामूहिक रुपमा दर्शन गराइने भएको छ ।
श्री गुरु नानक संत्सग, श्री गुरु नानक सेवा प्रतिष्ठान सोध केन्द्रले संयुक्तरुपमा करिब २०० अनुयायीलाई त्यहाँ पुर्याई दर्शन गराउने भएको हो । त्यसका लागि मङ्गलबार अनुयायीलाई त्यसतर्फ लगिन लागिएको छ । गुरुको यही पुस २१ गते जन्मजयन्ती परेको छ ।

ऐतिहासिक, धार्मिकस्थलका रुपमा रहेका उक्त जन्मस्थान नेपाली अनुयायीलाई अध्ययन तथा अनुसन्धानका लागि लान लागिएको हो ।

समाजमा शान्ति, सद्भाव तथा धर्म रक्षाका लागि मार्ग दर्शन गर्नुभएका नानक धर्मका दशौँ गुरु गोविन्द सिंहले मानव कल्याणका लागि सनातन धर्मको रक्षा र सबै धर्मलाई सद्भाव राख्न प्रेरित गरेको श्री गुरु नानक सेवा प्रतिष्ठान सोध केन्द्रका अध्यक्ष जसपाल सिंहले जानकारी दिए ।

ती धर्मावलम्बीले गुरुको जन्मजयन्तीलाई प्रकाश उत्सवका रुपमा मनाउने र सो ऐतिहासिक स्थलमा पुगेर उहाँलाई स्मरण गरेमा पुण्य प्राप्त हुने विश्वास राखेका छन् । गुरुले मानव सेवा र धर्म प्रचारमा कार्य गर्दा गर्दै ४२ वर्षको उमेरमा संसार छाडेको श्री गुरु नानक संत्सगका अध्यक्ष भजन सिंहले बताए ।

सो धर्मका संस्थापक गुरु नानक हालको पाकिस्तानमा ५४७ वर्ष अगाडि जन्मिएका थिए । लतितपुरको कुपण्डोल, बालाजु, पशुपतिनाथको मन्दिर नजिकै पुराना गुरुद्वार छन् । नेपालमा शिख धर्मावलम्बीलाई अल्पसङ्ख्यकका रुपमा लिइएको छ । उनीहरूको जनसङ्ख्या करिब सात हजार रहेको बताइएको छ ।

विशेषगरी नेपालमा यातायातका क्षेत्रमा सुरुदेखि काम गरेका शिख धर्मका अनुयायी अहिले विभिन्न व्यवसाय तथा नोकरीमा आबद्ध छन् । उनीहरूले विभिन्न समयमा सामाजिक सेवा गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।