0 COMMENTS

gauhatyyचितवन १८ पुष ०७३/कैलालीको गोदावरी गाविसस्थित भ्यागुतेमा गौहत्या गरिएको  विषयलाई लिएर चितवनमा पनि नागरिकहरुले कडा विरोध गरेका छन् । कैलालीको गोदावरी जङ्गलमा षड्यन्त्रपूर्ण तरिकाबाट सयौं गाई गोरुहरुको हत्या भएको विषयलाई लिएर चितवनका नागरिकहरुले यहाँका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टलाई ज्ञापन पत्र बुझाएका छन् ।
धार्मिक एवं सामाजिक संघसंस्था र तिनका अगुवाहरुको अग्रसरतामा आइतवार गौ हत्याको कडा विरोधमा नारा लगाएका साथ चितवनका प्रमुख अधिकारीलाई ज्ञापन पत्र बुझाइएको हो । शब्द चिन्तन संरक्षण मण्डलका प्रधान संरक्षक स्वामी दुर्गादास जी महाराज, योगी नरहरिनाथ गौ संरक्षण केन्द्र वागीश्वरीका अध्यक्ष टंकनाथ पौडेल, हिन्दु ॐकार भोलन्टियर्स चितवनका प्रतिनिधि कृष्णप्रसाद धिताल, सोही लक्ष्मीनारायण मन्दिरका प्रमुख पद्मनाभाचार्य, निम्बार्क संप्रदायका गुरु हरिशरण उपाध्याय लगायतका धार्मिक व्यक्तित्त्वहरुको अगुवाइमा भरतपुरको चौबिसकोठीबाट निस्केको विरोध जुलुस जिल्ला प्रशासन कार्यालयमा पुगेर धर्नामा परिणत भएको थियो ।gauhatyy

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टलाई बुझाएकाे ज्ञापन पत्रमा गाई सनातन धर्मावलम्बीहरुको पूज्य भएको, संविधानले पनि गाईलाई राष्ट्रिय जनावरको रुपमा सम्बोधन गरेको, कानूनतः गौ हत्या गर्नु दण्डनीय अपराध भएको हुनाले गाई वंशको सुरक्षामा राज्य कटिबद्ध हुनुपर्ने व्यहोरा छ । यदि सो नभई अबका दिनमा कुनै पनि स्थानमा गाईको हत्या हुन्छ भने आफूहरु चुप लागेर नबस्ने त्यसको सशक्त रुपमा कडाभन्दा कडा विरोध गरिने र विरोधको धक्काको सामना गर्न सम्बन्धितहरुको लागि गाह्रो पर्नसक्ने भन्ने छ ।

 शब्द चिन्तनका स्वामी दुर्गादासले ठूलो सँख्यामा गोवंशको हत्या हुनु र त्यसको बिरोधमा बन्द लगायतका कार्यक्रम हुँदा पनि सरकार मौन रहनुले थप शङ्का बढाएको प्रतिकृया दिनु भयो । यो कार्य जघन्य अपराध हो, हामी जो कोहीलाई आफू बाँच्ने अधिकार छ भने अरु कुनै पनि प्राणीलाई बाँच्न दिनु पनि हाम्रो कर्तव्य हो । त्यस माथि सनातन धर्मावलम्बीहरुको आराध्य माता गाई, राष्ट्रिय जनावर यसरी मारिदा सरकार मौन बस्नु  पश्चिममा भएको विरोधलाई सम्बोधन नहुनु, बिरोधका स्वरहरुलाई नसुन्नु ठूलो बिडम्बना भयो, स्वामी जीको असन्तोष थियो ।

वागीश्वरी गौशालाका अध्यक्ष टंकनाथ पौडेलले गाई हत्या कुनै पनि हालतमा आफूहरुको लागि सह्य नहुने अभिव्यक्ति दिनु भयो । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले ज्ञापन पत्र बुझिसकेपछि यस मामलामा आफू अत्यन्तै गम्भीर रहेको र ज्ञापनपत्र प्रधानमन्त्री कार्यालयमा पठाइदिने वचनबद्धता दिनु भएको थियो ।

कैलालीमा भएको गाईको हत्याको बिरोधमा यसरी चितवनमा पनि जनता जुर्मुराउनुले गौहत्या जनताको लागि असह्य हुने कुरालाई स्पष्ट गर्छ । गोवंशको हत्या भएको विषयलाई लिएर सरकारले कुनै सम्बोधन तथा खोजी अगाडि नबढाउने हो भने यो बिरोधले आन्दोलनको रुप धारण गर्नसक्ने अनुमान गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।