0 COMMENTS

downloadकाठमाण्डाै,१८पुस,०७३/ दिल्लीका मुख्यमन्त्री तथा पार्टी आम आद्मीका नेता अरविन्द केजरिवालमाथि जुत्ता प्रहार भएको छ। आइतबार हरियाणाको एउटा कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मुख्यमन्त्री केजरिवालमाथि जुत्ता प्रहार भएको भारतीय मिडियाहरूले जनाएका छन्।
विमुद्रीकरणको विरोधमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि जुत्ता प्रहार भएको थियो। उनलाई प्रहार भएको जुत्ता मञ्चको एउटा छेउमा पुगेको थियो।
यसैबीच मुख्य मन्त्री केजरीवालले प्रधानमन्त्री नरेन्द्र मोदीका समर्थकले जुत्ता प्रहार गरेको आरोप लगाएका छन्। ‘केही दिनअघि मैले मोदीलाई ‘काँतर प्रधानमन्त्री’ भनेको थिएँ । आज उनका समर्थकले मलाई जुत्ता हानेका छन् । मोदीजी हामी पनि बदला लिन सक्छौँ, तर हाम्रो पार्टीले कहिल्यै पनि भाजपाले जस्तो घटिया राजनीतिलाई प्रश्रय दिँदैन,’ उनले भने।एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।