0 COMMENTS

काठमाडौ१८पुस, ०७३/अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका तत्कालीन प्रमुख इन्द्रप्रसाद यादवसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

विशेष अदालतमा आइतबार दायर मुद्दामा यादवका अतिरिक्त भण्डार शाखा प्रमुख राजेश्वरप्रसाद बौरिया, बिर्ता उपस्वास्थ्य चौकीका इञ्चार्ज श्रीराम साह र झौवागुठी उपस्वास्थ्य चौकीका इञ्चार्ज सोनालालप्रसाद चौरसियाविरुद्ध भ्रष्टाचार गरेको अभियोग लगाइएको छ । आयोगका सहायक प्रवक्ता खगेन्द्रप्रसाद रिजालका अनुसार उनीहरूले आपसी मिलेमतोमा विभिन्न मेडिकल हल, फार्मेसीको नाममा भुक्तानी गराउने कार्यमा नक्कली बिल भर्पाइ प्रतिवेदन दाखिला गरेको पाइएकाले मुद्दा दायर गरिएको हो ।

खरिद नगरेको बिल बिजक जारी गरेको र ती बिलसमेत सम्बिन्धत स्थानमा नबुझाएको देखिन आएकाले बिगोसमेत असुलउपर गरी कानुनअनुसार कारबाहीको माग गर्दै मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको छ ।- कान्तिपुर 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।