0 COMMENTS

 काठमाडौं १८ पुस ०७३/संसद बैठक दिउँसो ४ बजेसम्मका लागि स्थगित भएको छ। संविधान संशोधन विधेयकको विरोध गरिहरेको प्रमुख प्रतिपक्षी नेकपा एमाले लगायत अन्य प्रतिपक्षको अवरोधका कारण सभामुख ओनसरी घर्तीले बैठक ४ बजेसम्मका लागि स्थगित गरेकी हुन्।

उठेर संसद अवरोध गरिरहेका प्रतिपक्षी सांसदलाई सभामुख घर्तीले पटकपटक बस्न आग्रह गरेकी थिइन् । तर सांसदहरुले मानेन् । उभिएका सांसदहरुलाई सभामुख घर्तीले १०/१२ मिनेट उभ्याइन् । उनले संसद सधैं अवरोध गर्नु राम्रो नभएको बताएकी थिइन् ।

मंसिर १४ गते सरकारले संविधान संशोधन दर्ता गराएको पर्सिपल्ट १६ गते यता प्रतिपक्षीले लगातार संसद बैठकमा अवरोध गर्दै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।