0 COMMENTS

019समाजकाे अावाज, काठमाण्डाै,१७ पुस/प्रस्थावित चाैथाे राष्ट्रिय पाेशाक दिवस २०७३ प्रज्ञाप्रतीषठान कमलादिमा भब्य रूपमा सम्पन्न ।  नेपाल  ऐतिहासीक  बहुभाषीक,बहुधार्मिक,बहुजातिको साझा फुलवारी पनि हो। साथै सार्वभौमसत्ता सम्पन्न एक ऐतिहासिक पहिचान बोकेको राष्ट्र हो। २००७ भन्दा अगाडिको त कुरै छाडौ ०३६,०४५,०५७ सम्ममा विभिन्न कारणहरु देखाउदै पोशाको गरिमालाई मर्मस्पर्शि रुपमा राजनैतिक घाउहरु लगाइयो र अन्ततः परिवर्तनको नाम राखी २०६८ मा नेकपा माओवादिको सरकारले राष्ट्रिय पोशाक दौरासुरुवाल टोपी हटाई नेपालीलाई पोशाक विहिन बनायाे। फलस्वरुप विना पहिचानकाे नेपाली बनाई विश्व जगतमा परिस्कृत गरियो ।010

राजनीक दलहरूकाे केही जत्थाले गरेकाे याे  नीर्णय बहुसंख्यक नेपाली हरूलाइ  पटक्कै मन नपरेकाे अबस्था थीयाे तेसैले मन नपरेकाे कुराकाे बिराेध गर्न पाइने प्रजातान्त्रीक अधिकारकाे प्रयाेग गर्दै बिगत चार बर्ष अगाडी देखी  राष्ट्रिय पाेशाक लाइ स्थापना गराउने उदेश्यका साथ  लागी परेका काभ्रेका राजानन्द माण्डभ्य काे अध्यक्षतामा रहेकाे श्रदावान नेपालले अाज  राजधानीमा रहेकाे प्रज्ञाप्रतीष्ठानमा एक बृहत कार्यक्रमकाे अायाेजना गरी  राष्ट्रिय पोशाक दौरासुरुवाल टोपी तथा गुन्यु चोलीको आवश्यक्ता बारे ब्यापक चर्चा सहीत राष्ट्रिय पोशाक दौरासुरुवाल टोपी तथा गुन्यु चोली लाइ  राष्ट्रिय पोशाककाे रूपमा घाेषणा गर्नु पर्ने माग राखेकाे छ ।030

कार्यक्रमका प्रमुख अतीथी राष्ट्रकवि माधव घिमीरे बिशेष अतिथीमा इतीहासविध तथा शताब्दी पुरूष सत्यमाेहन जाेसी नेपाली सेनाका भुतपुर्व सेनापती रूक्माङ्गत कटुवाल,मुस्कन पाैडेल,राष्ट्रबादि गाएक शिशिर याेगी,गाएक तथा रचनाकार रामहरी न्याैपाने,अजित पाठक अध्यक्ष युथ पावर नेपाल,कमलराज श्रेष्ठ अभीयन्ता राष्ट्रबादि बिकाशसील अभीयान ,निगम हुमगाइ संयाेजक नागरिक समुह,अर्जुन थापा एन अार एन जापानका महासचीब लगाएत राष्ट्रिय पोशाक दौरासुरुवाल टोपी तथा गुन्यु चोलीलाइ माया गर्ने कयाै ब्यक्तीकाे उल्लेखनीय सहभागीता रहेकाे थीयाे कार्यक्रममा राष्ट्रिय पोशाक दौरासुरुवाल टोपी सधै लगाउनु हुने प्रमुख अतीथी राष्ट्रकवि माधव घिमीरे र बिशेष अतिथी सत्यमाेहन जाेसी लाइ दाेसल्ला अाेढाइ  कदर पत्र सहीत सम्मान गरीएकाे थीयाे ।032

कार्यकममा उपस्थीत हुने महानुभाव हरूले हरेक देशको आफ्नो पहिचान हुन्छ, मौलिकता,संस्कृती तथा भाषा हुन्छ। देशको प्रतिनिधित्व झण्डाले गर्दछ त्यस्तै पहिचान पोशाकले  गर्दछ । अब अाउने बर्ष राष्ट्रिय पोशाक दौरासुरुवाल टोपी तथा गुन्यु चोलीलाइ प्रस्ताबित नभएर राष्ट्रिय पाेसाक दिवसकाे रूपमा मनाउन पाउनु पर्छ भन्दै अाफ्नाे धारणा ब्यक्तगरेका थीए भने कार्यक्रमका सभाध्यक्ष राजानन्द माण्डभ्य ले  नेपाली पाेशाक भनेकाे राष्ट्रकाे पहीचान संग गासीएकाे हुदा तत्काल  दौरासुरुवाल टोपी तथा गुन्यु चोलीलाइ  राष्ट्रिय पाेसाक घाेषणा नगरे युवा हरू सरकारकै बिरूद्द बिभीन्न खाले अान्दाेलन गर्नपनी पछिनहटने कुरा ब्यक्त गर्नु भयाे  अत्यन्तै भब्य र सब्य रूपमा संञ्चालन भएकाे उक्त कार्यक्रमकाे अायाेजना श्रदावान नेपालले गरेकाे थीयाे  भने सह अायाेजकमा  हजाराै युवाहरूलाइ सामाजीक संञ्जालबाट समेटदै अगाडी बडीरहेकाे राष्ट्रबादि बिकाशसील अभीयान र युथ पावर नेपाल ले गरेकाे थीयाे ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।