0 COMMENTS

काठमाण्डाै १७ पुस/लोकमानले भने ‘भ्रष्टाचार विरुद्ध महा अभियानको थालनी गर्ने समय आयो’
काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बीत प्रमुख आयुक्त लोकमानसिंह कार्किले समयको आफ्नै महत्व हुने भन्दै समयले पाठ सिकाउने र मौकाहरु पनि दिने बताएका छन् । नयाँ बर्ष २०१७ को अवसरमा आईतरबार सामाजिक सञ्जाल फेसबुकमा शुभकामना सन्देश पोष्ट गर्दै कार्कीले यस्तो बताएका हुन् ।

‘विगतका सिकाईहरुलाई अव अवसरको रुपमा परिवर्तन गर्ने समय आएको छ’ उनले भनेका छन्, ‘नयाँ बर्षको शुरुवातको दिनलाई साक्षी राखी भ्रष्टाचार विरुद्धको महाअभियानको थालनी गर्नुपर्ने समय आएको छ ।’

नयाँ बर्ष २०१७ भ्रष्टाचार मुक्त समाज निर्माणको लागी सफल रहोस भन्दै उनले लेखेका छन् :
“नव वर्ष इ.सं. २०१७ को शुभ उपलक्षमा सम्पुर्णमा शान्ति, प्रगति र विकासको कामना सहित हार्दिक शुभकामना व्यक्त गर्न चाहान्छु । प्रत्येक समयको आफ्नो महत्व हुन्छ , समयले पाठ पनि सिकाउछ र मौकाहरु पनि प्रदान गर्दछ । विगतका सिकाइहरुलाई अव अवसरको रुपमा परिवर्तन गर्ने समय आएको छ ।
यसै नयाँ वर्षको सुरुवातको दिनलाई साक्षी राखी भ्रष्ट्टाचार बिरुद्धको महा अभियानको थालनि गर्नुपर्ने समय आएको छ । भ्रष्ट्टाचार ले मानव जिवनको सकारात्मक परिवर्तन , वाँच्नपाउने र राष्ट्रविकासको अधिकारलाई प्रतक्ष असर गरेको हुन्छ, जुन मानव अधिकारको हनन् हो भन्ने कुरालाई पनि आत्मसाथ गर्दै, हामी सबैले भ्रष्टाचार नियन्त्रणको लागि सकारात्मक, श्रृजनात्मक र एक आँटिलो कदम चाल्नु पर्ने हुन्छ । आसा गरौं आगामी सालले जनताका लागि भ्रष्टाचारको अन्त्य गरी शान्ति तथा समृद्दि ल्याउनेछ ।
विगतका नराम्रा क्रियाकलापलाई सच्याएर नयाँ जोश र जाँगरका साथ आफ्नो कर्मक्षेत्रमा लागेर आर्थिक सामाजिक र सांस्कृतिक विकास गर्ने प्रेरणा मिलोस् भनेर कामना सहित भ्रष्ट्टाचार मुक्त समाजको निर्माणको लागि नयाँ वर्ष २०१७ सफल होस्, हार्दिक शुभकामना!!!”

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।