0 COMMENTS

jeriदोलखा, १७ पुस/ दोलखाको जिरी आसपासको उच्च पहाडी क्षेत्रमा आज दिउँसोबाट हिमपात सुरु भएको छ ।

जिरी बजारबाट माथि च्योर्दुङ डाँडामा शुक्रबार साँझदेखि नै हिमपात भएको भए पनि अहिले पटासे ठूलोढुङ्गा, काप्ती, हुनुमान्तेलगायतका क्षेत्रमा हिमपात सुरु भएको हो । हिमपात सुरु भएसँगै जिरी क्षेत्रको चिसोले जनजीवनसमेत प्रभावित बनेको छ ।पुनःनिर्माणको काम सुरु हुन नसक्दा चिसोका कारण अस्थायी टहरामा रहेका भूकम्पपीडित बालबालिका तथा वृद्धवृद्धा प्रभावित भएका हुन् । त्यस्तै रामेछापको तामेडाँडा, गुम्देल, देउराली शेरदिङ आसपासका क्षेत्रमा पनि हिमपात सुरु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।