0 COMMENTS

काठमाडौँ, १० पुस/नेकपा (एमाले ) ले विपक्षी नौ दलसहित यही पुस २२ गते काठमाडौँमा आयोजना हुने जनप्रदर्शनको तयारीका लागि आफ्ना जनसङ्गठनलाई निर्देशन दिएको छ ।
एमालेको केन्द्रीय कार्यालय, धूम्बराहीमा आइतबार बसेको प्रचार तथा प्रकाशन विभागले जनसङ्गठनको भेलाले संविधान संशोधन प्रस्तावको विरुद्धमा आयोजना गरेको विरोध सभामा डेढ लाख जनशक्ति उतार्ने निर्णय गरेको हो । एमाले सचिव प्रदीपकुमार ज्ञवालीले संशोधनको प्रस्ताव संविधान र राष्ट्रहित विपरीत भएको विचार व्यक्त गर्दै संसद् र सडकमा निरन्तर आवाज उठाउनुपरेको बताए।
अर्का सचिव तथा विभागका प्रमुख योगेश भट्टराईले पुस १५ गतेदेखि २० गतेसम्म पार्टीका गाउँ, नगर, वडा तथा टोलस्तरका कमिटी र जनसङ्गठनका जिल्लाभन्दा तलका सबै कमिटी र सबै जिल्ला तथा क्षेत्रीय सम्पर्क मञ्चका बैठक तथा भेला गरी तयारीका काम गरिएको जानकारी दिए ।
विरोधसभाको प्रचारका लागि मोटरसाइकल र्याली र कोणसभा पनि गरिने छ । त्यस्तै नेकपा (एमाले), नेकपा (माले), नेमकिपा, राष्ट्रिय जनमोर्चा, नेपाल परिवार दल, नेपाल जनमुक्ति पार्टी (लोकतान्त्रिक), नेपाः पार्टी, मधेस समता पार्टी र दलित जनजाति पार्टी) का अध्यक्षको हस्ताक्षर भएको अपिल घर÷घरमा पुर्याउने योजना बनाइएको विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।