0 COMMENTS

बुटवल ९ पुस/ उर्जामन्त्री जनार्दन शर्मा र प्राधिकरण प्रमुख कुलमान घिसिङले लोडसेडिङ अन्त्य गरेको भन्दै प्रशंसा बटुलिरहेका बेला कर्मचारी युनियनले भने उनीहरुको आलोचना गरेका छन् ।

प्राधिकरणमा राजनीतिक चलखेल भएको नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनको दाबी छ । धेरै बिषयहरु गौण भएर अहिले लोडसेडिङ्गमात्र चर्चामा आएको भन्दै युनियनका नेताहरुले हरेक बिषयलाई लोडसेडिङसँग जोडेर नहेर्न आग्रह समेत गरेका छन् ।

नेपाल विद्युत प्राधिकरण कर्मचारी यूनियन लुम्बिनी क्षेत्रीय समितिले शनिबार बुटवलमा आयोजना गरेको कार्यक्रममा सहभागीले हरेक बिषयलाई लोडसेडिङ्गसग दँँजेर हेरिएकोमा आपत्ति जनाए । यूनियनका अध्यक्ष रामेश्वर पौडेलले प्राधिकरणको विधि र निति नियम विपरित भएका कामको विरोध गर्दा मन्त्री र निर्देशकलाई असहयोग गर्‍यो भनेर प्रचार गरिएको बताए ।

उर्जा मन्त्री जर्नादन शर्माले पेरिसडाँडाबाट प्राधिकरण चलाउन खोजेको आरोप लगाए । कुलमानलाई असहयोग नगरेको दाबी गर्दै उनले भने, हिजो ज्ञानेन्द्र, गिरिजा, बाबुरामसँग पनि लड्यौं ,आज जर्नादन र कुलमानसँग पनि लड्न तयार छौं ।’

लोडसेडिङ घटाउने पक्षमा आफुहरुले काम गरिरहेको भन्दै उनले अहिले सरकारका मन्त्री र निर्देशकले मात्रै गरेको जस्तो गरी सनसनी मच्चाइएको बताए ।

अध्यक्ष पौडेलले शहरमात्रै उज्यालो बनाउनुभन्दा ग्रामणि भेगमा पनि उज्यालो बनाउनुपर्छ मात्रै भनेको बताए । विद्युत प्राधिकरणको भविश्य समाप्त पार्ने गरी ऐन विपरित निजी कम्पनी खोल्ने अनुमति दिएको यूनियनको दाबी छ ।

कार्यक्रममा नेपाल विद्युत प्राधिकरण क्षेत्रिय कार्यालय बुटवलका निर्देशक विभुतीनाथ मिश्रले यूनियनले कर्मचारीको हित र सुरक्षामा काम गर्नुपर्ने बताए ।

कार्यक्रममा यूनियनका पूर्वअध्यक्ष विश्वनाथ शर्मा, उपाध्यक्ष डिल्लिराज बेल्बासे, सचिव केन्द्र गुरुङ्ग, आयोजनाका तर्फबाट हरिप्रसाद पाण्डे, तौलिहवा वितरण केन्द्रका प्रमुख नारायण अर्याल लगायतले बोल्दै विद्युत प्राधिकरणका कर्मचारीको पेशागत सुरक्षामा ध्यान दिन आग्रह गरेका थिए ।कपिल ज्ञवाली, अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।