0 COMMENTS

तुल्सीपुर (दाङ), ९ पुस / प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन प्रस्ताव संसद्मा दर्ता भइसकेकाले यो प्रस्तावको टुङ्गो संसद्बाट नै लगाउनुपर्ने बताउनुभएको छ । प्रेस सेन्टर, दाङले आज घोराहीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘‘प्रस्ताव फिर्ता हुँदैन, मतदानमा पारित भए पनि नभए पनि मतदान गर्नुपर्छ ।

उहाँले आफू केही दिनदेखि जिल्ला बाहिरका कार्यक्रममा सहभागी भएकाले अन्य राजनीतिक दलका नेताहरुसँग कुराकानी हुन नपाएको भएपनि भोलिदेखि संसद् खुलाउनका लागि प्रतिपक्ष दललगायत अन्य दलसँग छलफल र वार्ता गरेर चाँडै नै निकास दिनतर्फ लाग्ने बताउनुभयो । संविधान कार्यान्वयन गर्नका लागि सबै दल मिल्नुको विकल्प नरहेको भन्दै यदि संविधान कार्यान्वयन नभए अहिलेसम्मका उपलब्धि गुम्न सक्ने खतरा रहेको प्रधानमन्त्री दाहालले बताउनुभयो ।उहाँले अहिलेको मुख्य विषय संविधान संशोधन, महाअभियोगको प्रक्रिया अगाडि बढाउनु, निर्वाचनसम्बन्धी विधेयक अघि बढाएर तीनवटै निर्वाचनको मिति घोषणा गर्नु रहेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।