0 COMMENTS

रामेछाप ८ पुस/छात्रा बलात्कारको आरोपित हेडसर १० महिनापछि पक्राउ
रामेछाप-छात्रालाई बलात्कारको आरोपछि फरार जनजागृति उच्च माध्यमिक विद्यालय बेतालीका प्रधानाध्यापक गोविन्दबहादुर खत्री १० महिनापछि पक्राउ परेका छन् ।घटना थियो
–उनले कक्षा ८ मा अध्ययनरत १४ वर्षिय छात्रालाई बलात्कार गरेको आरोप लागेको थियो ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता प्रहरी निरीक्षक प्रेम जोशीका अनुसार,
–०७१ साल चैत्रमा छात्रालाई ललाइफकाई बलात्कार गरेर फरार रहेको खत्रीलाई बिहीबार पक्राउ गरिएको छ ।
–मन्थलीबाट पक्राउ परेका उनलाई पुर्पक्षको लागि जिल्ला कारागार रामेछापमा पठाइएको छ ।
–परीक्षाको बारेमा केहि कुरा गर्नुछ भन्दै बेताली खोलामा बोलाएर बलात्कार गरेको आरोप थियो ।
पीडितका छात्राका बुबाले भने
–परीक्षा सकिएपछि  खत्रीले परीक्षाको बारेमा केहि कुरा गर्न भन्दै लिएर गएका थिए । त्यहीँ साँझ जबर्जस्ती करणी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।