0 COMMENTS

lokmanकाठमाडाैं,७ पुस /निलम्बित अख्तियारप्रमुख लोकमानसि‌हं कार्कीलाई सर्वोच्च परिसरमै बिहीबार कालोमोसो दल्ने दुई व्यक्ति नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी)का कार्यकर्ता रहेको खुल्न आएको छ। कार्कीलाई कालोमोसो दल्ने प्रकाश शाही र चन्द्रबहादुर बुढा दुवै नेकपा माओवादीको भातृस‌ंगठन अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य हुन्।
माओवादी पार्टीको विद्यार्थी संगठनका कार्यकर्ता शाही र बुढाले कालोमोसो दलेका हुन् । दाङ स्थायी घर भएका प्रकाश शाही अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य हुन्।
उनी दाङमा छँदा अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष पनि रहेका थिए। लोकमानलाई मोसो दल्ने अर्का व्यक्ति चन्द्रबहादुर बुढा रुकुमका हुन्। उनी पनि अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य हुन् र उनी सिटिइभिटीमा अध्ययन गरेको स्राेत ले बतायाे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।