0 COMMENTS

कठमाडौं ७पुस ।अब अनलाइनबाटै लाइसेन्सको लागि फारम भर्न सकिने ब्यवस्था गरीएकाे छ । सवारी चालक अनुमति पत्र (लाइसेन्स)का लागि अब रातिदेखि नै लाइन बस्न पर्ने भएकाेहुदा यातायात व्यवस्था विभागले सोमबारदेखि अनलाइनमै फारम भर्ने सुविधा ल्याएको छ ।
सुरुवातमा यो सेवा काठमाडौं उपत्यकामा मात्र लागू हुनेछ । विभागका अनुसार फारम त देशभरीबाटै भर्न सकिनेछ । तर, अनलाइन फारम भनेकाहरुको लिखित परीक्षादेखि ट्रायल सबै काठमाडौंमै हुनेछ ।विभागले अनलाइन लाइसेन्स फारम र सवारी रजिष्ट्रेशन सिस्टमलाई तयार पारेको धेरै भएको थियो । तर, सेवा सुरु गरेको थिएन । जसका कारण लाइसेन्सका लागि फारम भर्न घन्टौंसम्म लाइनमा बस्नु परेको थियो ।
मनिसहरु विभागको कार्यालय एकान्तकुनामा लाइसेन्स फारम बुझाउन एकै दिन ५ हजार जनाभन्दा बढी लाइनमा बस्थे । तर, विभागले दिनमा ८ सयसम्म लाइसेन्स मात्र फारम बुझ्ने गरेको थियो ।

कसरी भर्ने अनलाइन आवेदन ?

अनलाइनबाट आवेदन भर्नका लागि सबैभन्दा पहिला यातायात व्यवस्था विभागको वेभसाइट http://www.dotm.gov.np खोल्ने। onlineत्यसपछि त्यहाँ बाहिर नै अनलाइन सवारी चालक अनुमति पत्र भन्ने देखिन्छ।

त्यहाँ क्लिक गरेपछि भर्नुपर्ने आवश्यक विवरणहरु देखिन्छ। सम्पूर्ण विवरण भरेपछि सेन्डिङ गर्ने । सेन्डिङ एसेप्ट भइसकेपछि आवेदकले एउटा पेपर पाउँछ। त्यो प्रिन्ट गर्ने। त्यसमा पुनः फोटो र फिंगरप्रिन्टका लागि जानुपर्ने समय तोकिएको हुन्छ।

त्यही समय पुग्नेगरी त्यो प्रिन्ट कागज लिएर सम्वन्धित कक्षमा जानुपर्दछ। त्यहाँ पुनः फोटो र फिंगरप्रिन्ट लिइसकेपछि भोलिपल्टदेखि नै अन्य परीक्षामा सहभागी हुन सकिनेछ। उत्पयकाबाट लिइने स्मार्टलाइसेन्स बाहेक अन्यको हकमा भने यो नियम लागू हुँदैन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।