0 COMMENTS

रसुवा, ७ पुस – नेपालको उत्तरी नाका रसुवागढीबाट अवैध रुपमा ल्याइएको पाँच किलोग्राम सुनसहित बुधबार बिहान रसुवा गत्लाङ–२ का २८ वर्षीय वीरेन लामा पक्राउ परेका छन् ।

केरुङबाट नेपाल आएको बा २८ प ७४५४ नंको मोटरसाइकल रसुवागढीमा जाँच गर्दा मोटरसाइकलको फिल्टर जालीमा लुकाएर ल्याउँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक फणीन्द्र प्रसाईँले जानकारी दिए । बरामद सुनको बजारमूल्य रु दुई करोड २३ लाख ६० हजार बराबर रहेको प्रहरीको भनाइ छ । तामाङका साथबाट मोबाइल दुई थान, नेपाल चीन सीमा क्षेत्रका बासिन्दाका लागि उपलब्ध गराइएको केरुङ जाने अनुमतिपत्र एक थान र रु नौ हजार बरामद गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।