अनुज न्यौपाने ,चितवन ५, पुष/ युवासंघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्याको विरोधमा आज(मंगलबार) नारायणगढमा युवा संघ चितवनले चक्काजाम एवं बिरोध सभा गरेको छ । युवा विद्यार्थीहरु युवासंघको झण्डा बोकेर सडकमा निस्कदै ‘हत्यारालाइ कारवाही गर, मान्छे मार्न पाइदैन’ जस्ता नारा लगाउँदै प्रदर्शन गरेका थिए ।
बिरोध प्रदर्शन गर्दै प्रदर्शनकारीहरुले मोटरसाइकल समेत गुड्न रोक लगाइएको युवा नेता बिमल के.सीले जानकारी दिनुभयो । आज दिउसो १२ बजे देखी १ बजे सम्म चक्काजाम गर्दै हजारौंको संख्यामा रहेका युवा विद्यार्थीहरुले सरकार र गृह प्रशासन बिरुद्ध कडा नाराबाजीको साथमा तथ्यसत्य छानवीन गरि दोषीलाई कार्वाहीको माग गरेका छन ।
चक्काजाम एवं बिरोध सभालाई सम्बोधन गर्दै युवा संघ नेपाल चितवन संयोजक दिलिप न्याैपानेले त्रासबाट आन्दोलन तुहाउने दुस्स प्रयाश नगर्न चेतावनी दिदै शोक लाई शक्तीमा बदल्न सम्पुर्णमा आह्वान गर्नुभयाे साथै दोषीलाई तत्काल कार्वाही नभए चितवन बन्द सम्मको कडा आन्दोलनको साथ हत्यारा सरकारलाइ सडकमा ल्याइ छोड्ने उद्घोष गरेका छन ।