0 COMMENTS

tatopani-bhansarकाठमाण्डाै,५पाैष /चीनले नेपाल र चीनबीचको पुरानो तातोपानी नाका खोल्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य तथा प्रकाशन विभागका प्रमुख लिउ छिपाओले प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटमा लिउले चाँडै तातोपानी नाका खुलाउने प्रतिवद्धता व्यक्त गरेका हुन् ।प्रधानमन्त्री दाहालले तातोपानी नाका नखुल्दा नेपाललाई अप्ठेरो परेको वताएपछि लिउले नेपाल चीनको सम्बन्धको प्रतिकको रुपमा रहेको नाका खुलाउन आफूहरु गम्भीर रहको वताएका थिए ।नेपाल भ्रमणमा रहेका लिउले सोमबारै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि भेट गरेका छन् ।नेपालका नेताहरुसँगको भेटमा लिउले चीनले नेपालको समृद्धि देख्न चाहेको र त्यसका लागि चीन सहयोग गर्न तयार रहेको वताएका थिए । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।