काठमाडौं,४ पुस/लोडसेडिङ हटाउने अभियानमा अवरोध गरेको आरोपमा नेपाल विद्युत् प्राधिकरणका तीनजना सञ्चालकलाई सरकारले बर्खास्त गरेको छ ।
उर्जा मन्त्रालयले प्राधिकरण सञ्चालक समिति सदस्यहरु लक्ष्मण अग्रवाल, मनोज मिश्र र सुरज लामिछानेलाई हटाएको हो ।
विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले लोडसेडिङ अन्त्य गर्ने अभियान चलाइरहेका बेला यी तीन सञ्चालकले अवरोध गरेका थिए । उनीहरुलाई मन्त्रालयले स्पष्टीकरण सोधेकोमा चित्तबुझ्दो जवाफ नभएको र राष्ट्रहितको काममा अवरोध पुर्याएको भन्दै बर्खास्त गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्