0 COMMENTS

काठमाण्डाै,४ पुस / नेपाल आयल निगमले इन्धनको मुल्य प्रतिलिटर साढे ४ रुपैया बढाएको छ । निगमले आइतबार राती १२ बजेदेखी लागु हुनेगरी मुल्य बढाएको हो ।

नयां मूल्य लागु भएपछि प्रतिलिटर पेट्रोल १ सय १ रुपैयाँ ५० पैसा, डिजेल र मटितेल ७७ रुपैयां ५० पैसा पर्नेछ । यसअघि प्रतिलिटर पेट्रोलको मुल्य ९७ रुपैयाँ, डिजेल र मटितेल ७३ रुपैयाँ थियो ।

अन्तर्राष्ट्रिय बजारमा ग्यास र हवाई इन्धनको मूल्यमा वृद्धि नभएकाले मूल्य यथावत राखेको जनाएको छ । हाल खाना पकाउने एलपी ग्यासको प्रतिसिलिन्डर मूल्य १३ सय २५ रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।