0 COMMENTS

15595617_382985365367715_1282226089_oउदयपुर३ पुस /साहसिक र वीरता बिधामा ‘राष्ट्रिय युवा सम्मान २०७३’ प्राप्त गर्न सफल विश्व उल्टो मोटरसाईल यात्री चित्रकुमार कार्की र महिला अधिकारकर्मी नजबुल खान गृह जिल्ला उदयपुरमा सम्मानित भएका छन् । उनीहरुलाई जिल्लास्थित मानवअधिकारबादी बिभिन्न गैर सरकारी संस्थाहरुले बधाई तथा सम्मान कार्यक्रम आयोजना गरेका हुन् ।
सदरमुकाम गाईघाटमा आयोजित कार्यक्रममा साहसिक युवा व्यक्तित्व २०७३ का रुपमा सम्मानित भइ देश तथा जिल्लाकै पहिचान बनाउन सफल भएको भन्दै सम्मानित गरिएको हो । त्यस्तै महिला मुस्लिमहरुको अधिकारका लागि महत्वपूर्ण योगदानको मूल्याङ्कन गरी राष्ट्रिय मानवअधिकार सम्मान २०७३ प्राप्त गर्न सफल खानलाई सम्मान तथा बधाई कार्यक्रम आयोजना गरिएको आयोजक संस्था मानवअधिकार प्रतिष्ठान उदयपुरका अध्यक्ष युवराज पराजुलीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।