0 COMMENTS

 काठमाडौं ३ पुस/नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले आफू क्यान्सरमुक्त भएको बताएकी छन् ।

सिंगापुरमा क्यान्सरको उपचार गरेर पूर्वउपप्रधानमन्त्री कोइराला हालै स्वदेश फर्किएकी छन् । र, अहिले घरमै आराम गरिरहेकी उनका निजी सहयोगी लक्षण थपलियाले बताए ।कोइरालालाई पहिलो स्जेटको ब्रेस्ट क्यान्सर भएको थियो । उपचारका क्रममा म्यासेक्टोमी पश्चात विभिन्न टेष्ट गर्ने क्रममा ओभरीमा पनि क्यान्सर सिस्ट देखिएको थियो ।थपलियाका अनुसार कोइरालाले फेरि एक महिनापछि पुनः परिक्षणका लागि सिंगापुर जानु पर्नेछ ।

कोइरालाले पनि आफ्नो स्वास्थ्यमा सुधार भएको बताएकी छन् । ‘भगवानको आर्शिर्वाद र यहाँहरुको शुभेक्षाले म क्यान्सर मुक्त भएको छ र चाँडै नै सार्वजनिक जीवनमा फर्किनुछु’ पूर्वउपप्रधानमन्त्री कोइरालाले आइतबार फेसबुकमा लेखेकी छन् ।

कोइरालाको उपचारका लागि सरकारले ५० लाख दिने निर्णय गरेको थियो, जसको चर्को आलोचना भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।