0 COMMENTS

काठमाडौं, ३पुसर/सात प्रदेशको सीमांकनमा असन्तुष्टि जनाउँदै चितवनमा एक महिलाले आमरण अनसन सुरु गरेकी छन् । सबै प्रदेशमा सहज हुने गरी व्यापारिक नाका बनाउनुपर्ने माग गर्दै भरतपुर १२ निवासी तारा बराल आमरण अनशन बसेकी हुन् ।
उनले सात वटै प्रदेशको संघीय ढाँचामा विभिन्न पक्षमा असहमति जनाउँदै ११ शुत्रीय माग राखि शुक्रबारदेखि जिल्ला बिकास समिति चितवनको मुलद्धार अगाडी आमरण अनशन सुरु गरेकी हुन् ।

अहिलेको प्रदेश नम्बर ३ ,४ र ६ मा कुनै पनि व्यापारीक नाका नभएकोले यी प्रदेशहरु अन्य प्रदेशसँग निर्भर हुनुपर्ने भएकाले विरोधमा आमरण अनसन बस्नु परेको बरालले जानकारी दिइन् ।हाम्रो मुख्य व्यापार भारतसँग भएपनि हालको सीमाङकन अनुसार ३ ,४ र ६ नम्बर प्रदेश भारतसँगको कुनै व्यापारिक नाकामा नराखिएको उनको भनाई थियो । बरालले देशको राजधानी रहेको प्रदेश नम्बर ३ मा समेत कुनै व्यापारीक नाका नभएको भन्दै असन्तुष्टि व्यक्त गरिन् ।

बरालले पहिलाको पाँच बिकास क्षेत्रलाई नै प्रदेश कायम गर्न माग पनि गरेकी छिन् । हरेक प्रदेशमा भारतसंँगको नाका रहने र सबै प्रदेश आत्मनिर्भर हुनसक्ने भएकाले आफूले पाँच विकास क्षेत्रलाई नै प्रदेश बनाउन माग गरेको उनको तर्क छ । बरालले अहिलेको प्रदेश सिमाङकनले विश्व सम्पदामा सुचिकृत चितवन राष्ट्रिय निकुञ्ज समेत छिन्न भिन्न हुन गएको पनि उल्लेख गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।