0 COMMENTS

 

काठमाडौं३,पुस / १. पुनर्संरचना आयोगको प्रतिवेदन नबुझ्ने कांग्रेस–माओवादी र मधेसी मोर्चाबीच स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन तत्काल नबुझ्ने सहमति भएको छ । अघिल्लो सरकारले दिएको टिओआरभित्र मात्र रहेर आयोगले काम गरेको र नयाँ सरकारले एउटा टिओआर थप्न खोज्दा नमानेकाले आयोगको काम विवादमुक्त नभएको भन्दै तत्काल प्रतिवेदन नबुझ्ने उनीहरूको निष्कर्ष छ ।

आयोगले बन्दकोठामा बसेर प्रतिवेदन तयार गरेकाले विवादरहित हुन नसकेको उनीहरूको निष्कर्ष छ । आयोगको म्याद आगामी फागुनसम्म भएकाले तत्कालै प्रतिवेदन नबुझ्ने निष्कर्ष बैठकले निकालेको छ । आयोगको प्रतिवेदन सरकारले ग्रहण गर्नेबित्तिकै अहिले कायम स्थानीय निकायको संरचना स्वतः विघटन हुने संवैधानिक व्यवस्था छ ।

२. संशोधन प्रक्रिया अगाडि बढाउने संसद्मा दर्ता भएको संविधान संशोधन विधेयक अगाडि बढाउने निष्कर्ष तीनै पक्षले निकालेका छन् । एमालेलगायतका सात दलले विधेयक फिर्ता लिनुपर्ने माग गर्दै संसद् अवरुद्ध गरिरहे पनि विधेयक फिर्ता नलिने र थाती पनि नराख्ने निर्णय उनीहरूले गरेका छन् । विधेयक प्रक्रियामा लगेर पास वा फेल जे भए पनि स्विकार्नेमा तीनै पक्ष सहमत छन् ।

३.परिमार्जनका लागि छलफल थाल्ने विधेयक संसद्मा अगाडि बढाउने र संशोधन हालेर ७२ घन्टाको अवधिमा परिमार्जनसहित पारित गर्ने सहमति बैठकमा भएको छ । सहमतिका लागि तत्कालै ‘वान टु वान’ छलफल थालिनेछ ।

४.प्रतिपक्षी एमाले संसद्को खिलापमा संसद् चल्नै नदिने अडानमा एमाले रहनु ऊ संसदीय व्यवस्थाकै विरुद्धमा रहेको प्रमाणित हुने बैठकको साझा मत छ । एमालेको भूमिकाले मधेसी र पहाडीबीच वैमनश्यता बढाउने काम मात्रै गरेको बैठकको ठहर छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।