0 COMMENTS

पुस–३ । भूमिसुधारमन्त्री विक्रमबहादुर prathaviपाण्डेले पुस २७ गते २९५ औं पृथ्वी जयन्तीमा सार्वजनिक बिदा हुने बताए ।
उनले भने, ‘बिदा दिन मन्त्रिपरिषदमा प्रस्ताव लैजान्छु । ’ उनले पुस २७ लाई एकता दिवसका बनाउन प्रधानमन्त्री पनि सकारात्मक भएको अनुभव आफूले गरेको बताए ।

कार्यक्रममा पूर्वअर्थमन्त्री डा. रामशरण महतले पृथ्वी जयन्तीको बिदा मन्त्रिपरिषदको बैठकले नभएर गृहमन्त्रालयको एकल निर्णयका आधारमा काटिएको जनाउँदै बिदा काटिएको विषयमा आफूले मन्त्रिपरिषदमै आपत्ति जनाएको स्पष्टीकरण र्दिका थिए ।

त्यति बेला गृहमन्त्री कृष्ण सिटौला थिए । कार्यक्रममा उद्घोषकले केही समयअघि विविसीमा अन्तरवार्ता दिने क्रममा पृथ्वीनारायण कोहो, आफूले चिनेको भैन भन्दै अपमान गरेको विषय विषय राख्दा उपस्थित सहभागीले ‘र’को एजेन्टले चिन्न आवश्यक छैन भन्दै नाराबाजी गरेका थिए ।–अन्नपूर्ण पोस्ट्बाट

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।