लमजुङ,२ पुस / लमजुङ प्रहरीले बेंसीसहर नगरपालिका ४ गैरीका ३० बर्षीय राजकुमार श्रेष्ठलाई प्रिन्ट गरिएको ४४ हजार रुपैयाँभन्दा बढी नक्कली नोटसहित पक्राउ गरेको छ ।
नक्कली नोट बनाउन प्रयोग गरिने कम्प्युटर लगायतका सामग्री सहित पक्राउ परेका श्रेष्ठलाई प्रहरीले सार्वजनिक गरेको छ ।लमजुङ महोत्सवको टिकट काउन्टरमा बिहीबार नक्कली नोट भेटिएपछि स्थानीय युवाको सहयोगमा निगरानी गरी प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको हो ।सक्कली नोट स्क्यान गरी फोटोसपको प्रयोगबाट श्रेष्ठले नक्कली नोट प्रिन्ट गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्