काठमाडौं २,पुष/ सम्पत्ति विवरण लुकाएको आरोप खेपिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूरै नेपालको सम्पत्ति आफ्नो भएको बताएका छन् ।
आज बिहान चितवनका पत्रकारसँग खरो कुरा गर्दै ‘म नेपालको जहाँ–जहाँ पुग्छु, त्यो मेरो सम्पत्ति हो । अझै भनौ ‘अस्ती चन्द्रागिरि गएँ, त्यहाँ गएर पनि भनें यो मेरो जग्गा हो ।’
चार महिना पछि सरकारले सार्बजनिक गरेको सम्पत्ति विवरणमा प्रधानमन्त्री प्रचण्डको एक कठ्ठा जग्गा र तीन तोला सुन बाहेका अन्य कुनै सम्पत्ति विवरण उल्लेख गरेका छैंनन भने सो सम्पत्ति पनि आफ्नो नभएर पार्टीको रहेको दावी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्