0 COMMENTS

shingerकाठमाण्डाै,२पाैष/राष्ट्रिय संस्थागत बिद्यालय संघ (निसान)ले आयओजना गरेको प्रथम काठमाडौ जिल्ला ब्यापी अन्तर बिद्यालय एकल गायन प्रतियोगिताको उपाधी श्री यन्त्र स्कुल मुलपानीका जीवन बडुले जितेका छन ।

चाबहिलको ए वान पार्टी प्यलेसमा भएको कार्यक्रममा द्राेस्राे स्थान बौद्ध चिल्ड्रेन हेभनका सुजन तामाङ , टाईमलाईन स्कुलकी अनुस्का राई तेस्राे र सान्त्वना पुरस्कार इस्टपोल स्कुलका केसाङ शेर्पा र पाँच पोखरी स्कुलकी आकृती चौलागाईंले जितेकी हुन । राजधानीको ३० बिधालयको सहभागिता रहेको कार्यक्रमका बिजेतालाई नेपाल सरकारका स्वास्थ मन्त्री गगन थापा र निसानका अध्यक्ष ओम ढकालले मेडल शिल्ड र प्रमाणपत्र बितरण गरेका थिए । कार्यक्रममा सहयोग गर्ने संघ संस्थालाई समेत सम्मान गरिएको कार्यक्रममा स्वास्थ मन्त्री गगन थापाले बिजयीलाई उज्ज्वल भविस्यको शुभकामना समेत दिएका थिए ।

कार्यक्रममा समाजसेवी प्रवेश लामीछाने,सुदर्शन बजगाई, कर्ण तामाङको आतिथ्यता रहेको थियो भने कार्यक्रम संचालन निसानका महासचिव सौर्य आचार्यले गरेका थिए । निसान संस्थागत बिद्यालयको सबैभन्दा ठूलो संस्था हो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।