पुस,१ पोखरा / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आलोचकहरुलाई आफ्नो निजी सम्पत्ति देखाउन चुनौती सार्वजनिक चुनौती दिएका छन् । पोखरामा आयोजित एक कार्यक्रममा उनले कसैले आफ्नो निजी सम्पत्ति देखाए आफू सन्यासी बन्ने घोषणा गरे ।
सरकारले हालै सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार प्रचण्डको सम्पत्ति तीन तोला सुन र चितवनमा एक कठ्ठा जग्गा छ । यो पनि पत्नी सीता दाहालको नाममा रहेको प्रचण्डले उल्लेख गरेका छन् ।
प्रचण्डको यो सपत्ति विवरणलाई धेरैले पत्याएका छैनन् । तर, प्रचण्डले भने सम्पत्ति विवरणमा उल्लेख गरेको चितवन भरतपुरमा रहेको एक कठ्ठा जग्गा र ३ तोला सुन पनि व्यक्तिगत नभई पार्टीको भएको बताए ।
साम्यवादको सिद्धान्त अनुसार नै आफूले सबै सम्पति पार्टीकरण गरिसकेकाले भएको सम्पत्ति कि पार्टीको कि सरकारको भएको उनले बताए ।
उनले आफूसँग अकुत सम्पति छ भनेर भ्रम फैलाएको भन्दै आक्रोश पोखे । उनले आफ्नो निजी सम्पत्ति भएको प्रमाणित गरेर देखाउन चुनौति दिए । कसैले निजी सम्पति भएको प्रमाणित गरे सन्यासी बन्ने उनको घोषणा छ ।
–