0 COMMENTS

 img_9738काठमाण्डाै,३०मंङ्सिर/ राष्ट्रिय संस्थागत बिद्यालय संघ(निसान)ले भोलि काठमाडौ जिल्ला ब्यापी एकल गायन प्रतियोगिता आयोजना गर्ने भएको छ ।

चाबहिलको ए वान पार्टी प्यालेसमा हुने एकल गायन प्रतियोगिताको विजयीलाई स्वास्थ मन्त्री गगन थापाले पुरस्कार वितरण गर्ने जानकारी आज आयोजित पत्रकार सम्मेलन मार्फत दिईएको छ । निसानका अध्यक्ष ओम ढकालले पत्रकार सम्मेलन मार्फत ३० भन्दा बढी बिद्यालयको सहभागिता रहने जानकारी समेत दिएका छन ।

जोरपाटीको चार्ल्स डार्विन एकेडेमीमा भएको पत्रकार सम्मेलनमा निसानका कोषाध्यक्ष रामेश्वर चौलागाईंले एकल गायन प्रतियोगितामा प्रतियोगीले राष्ट्रियता र नेपाली संस्कृती झल्किने खालका गितहरु ट्र्याकमा गाएर प्रतिस्पर्धा गर्ने जानकारी दिए ।

कार्यक्रम विहान ११ बजे सुरु भएर ३:३० बजे समापन हुने जानकारी पत्रकार सम्मेलनमा दिइएको थियो । निसान प्याब्सन र एन प्याब्सन पछीको नेपालको सबै भन्दा ठूलो संस्थागत बिद्यालयको संगठन हो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।