0 COMMENTS

014काठमाडौं ३०, मङि्सर २०७३/प्रधानमन्त्री पुष्पकमल दाहालले निजी क्षेत्रले सम्मान गर्न योग्य परियोजना निर्माण गरेकोले सरकार र निजी क्षेत्र सहकार्य गरेर अघि बढ्नु पर्ने बताएका छन् ।

चन्द्रागिरि हिल्स लिमिटेडको बिहीबार उद्घाटन गर्दै प्रधान मन्त्री पुष्पकमल  दाहालले भने  नेपालमा प्रकृतीले हामीलाइ धेरै चीज दीएकाे छ  र केबल हामीमा  भिजन, इच्छाशक्ति, पूँजी, विज्ञान र प्रविधिको समिश्रण हुन सक्याे भने नीश्चयनै चमतकारी ढंगले परीबर्तन ल्याउन सकिन्छ भन्नेकुराे काे सन्देश नीजी क्षेत्रकाे लगानीमा  दुइ बर्षमा  चन्द्रागिरि केबलकारसहित पर्यटकीय गन्तव्यको रुपमा विकासगरेर चन्दागीरी हील्सले  दिएकाे कुराे बताए  ।

‘चन्द्रागिरिमा समयमै परियोजना सम्पन्न गरेर सरकार र कर्मचारीलाई चुनौती थपिएको छ,’ उनले भने, ‘हामीले कल्पना गरे भन्दा नमुना रुपमा परियोजना सम्पन्न भएको पाएँ ।

काठमाडौंको चन्द्रागिरिमा करिब चार अर्ब रुपैयाँमा निर्माण गरिएको केबलकार, भालेश्वर मन्दिर, भ्यू पाइन्ट लगायत पर्यटकीय गन्तव्यको अबलोकन गरेपछि प्रधानमन्त्रीले निजी क्षेत्रको प्रसंशा गरेका थिए । ‘मैले सोचे भन्दा धेरै राम्रो पाएँ,’ दाहालले भने, ‘चाहे गर्न सकिन्छ भन्ने यो प्रमाण हो ।010

अब निजी र सरकारी क्षेत्रले मिलेर विकासका योजना सञ्चालन गर्नुपर्ने बताए । ‘मुलुकमा पर्यटकीय सम्भावना निकै रहेको छ,’ उनले भने, ‘चन्द्रागिरि जस्तै धेरै पहाडमा पर्यटकीय गन्तव्य बनाउन सकिन्छ ।’

केबलकार चढेर २५ सय मिटरभन्दा बढी उचाइमा रहेको चन्द्रागिरि पुगेर मनोरम दृष्यावलोकन गर्न सकिन्छ । नेपाल आउने पर्यटकको बसाई लम्बाएर मुलुकको अर्थतन्त्रमा टेवा पुर्याउन जोखिम मोलेर परियोजना कार्यान्वयनमा ल्याएको चन्द्रागिरी हिल्सका अध्यक्ष चन्द्र ढकालले बताए । केबलकार सञ्चालन आएपछि सरकारलाई मासिक ६० लाख रुपैयाँ राजस्व तिरिरहेको बताए ।

धुलो, धुँवा र प्रदुषणयुक्त सहरी वातावरणबाट मन र मस्तिष्कलाई मुक्ती दिन चन्द्रागिरी रोजाईमा पर्न थालेको छ। हरियाली, वरिपरिको शितल र शान्त वातावरणका कारण यो ठाउँ सबैको रोजाईमा पर्छ।001

केबलकार सञ्चालनमा आएपछि काठमाडौंबाट दैनिक ठूलो संख्यामा सर्वसाधारणहरु घुमफिरका लागि चन्द्रागिरी पुग्ने गरेका छन्। चन्द्रगिरी हिल्स लिमिटेडले हालै सञ्चालनमा ल्याएको केबलकार मात्र होइन त्यहाँ निर्माण भएका र हुने चरणमा रहेका अन्य पूर्वाधारका कारण यो अब आधुनिक पहाड बन्नेक्रममा रहेकाे छ ।

गोरखाको मनकामना जाँदा मात्र केबलकार यात्राको अनुभव गर्न पाइने बाध्यताबाट मुक्ति मिलेको छ। चन्द्रगीरी पुग्ने चाहना भएकाहरुको लागि पनि अब भौतिक रुपमा वातावरण सहज भएको छ। थानकोटबाट १० मिनेटमा चन्द्रगिरीको चुचुरोमा पुगिने केवलकार यात्राको लागि ७ सय रुपैयाँ भाडा निर्धारण गरिएको छ ।ऐतिहासिक महत्वलाई जोड्ने हो भने चन्द्रागिरीको आकर्षण अझै बढ्नेछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।