0 COMMENTS

cpnuml-new-officeकाठमाडौं३० मङि्सर/स्थानीय तह पुनर्संरचना विषयको विवादमा एमाले सांसद लालबहादुर रावल आफ्नै कार्यकर्ताबाट कुटिएका छन्। बिहीबार दिउँसो धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालय परिसरभित्रै उनलाई कार्यकर्ताले आक्रमण गरेका हुन्।

स्थानीय तह पुनर्संरचनामा काँडा गाविसलाई मात्र एउटा गाउँपालिका बनाउने माग लिएर आएका बझाङका कार्यकर्ताले बिहीबार दिउँसो उनीमाथि हातपात गरेका हुन्।काँडा नेपालको सबैभन्दा ठूलो गाविस हो। स्थानीय तह पुनर्संरचनामा काँडामा अन्य गाविस मिसाउनु नहुने उनीहरूको माग छ।उक्त मागपत्रमा हस्ताक्षर गर्न नमानेपछि प्रतिनिधि मण्डलका एक सदस्यले  मुक्का प्रहार गरेका थिए।
रावल बझाङको क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन्।

‘माननीयज्यूमाथि एक्कासि आक्रमण भयो। छुट्याउन जाँदा एक जनालाई हातमा चोट लागेको छ’, एमालेका एक जना केन्द्रीय सदस्यले    भने, ‘सामान्य ठेलाठेल भएको हो। ठूलो कुरा केही होइन।
स्थानीय तह पुनर्संरचनामा बझाङको सबैभन्दा ठूलो काडा गाउँ विकास समितिलाई छुट्टै गाउँपालिका बनाउनुपर्ने माग गर्दै सर्वदलीय प्रतिनिधिमण्डल एमाले केन्द्रीय कार्यालय धुम्बाराही पुगेको थियो। प्रतिनिधिमण्डलमा बझाङका स्थानीय नेता कार्यकर्ता पनि सहभागी थिए।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।