0 COMMENTS

चितवन, ३० मंसिर /नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा प्रधानमन्त्री पुष्पकमल दाहालसँग संविधान कार्यान्वयनका विषयमा छलफल गरिरहेको बताएका छन् ।

नेपाल महिला संघ केन्द्रीय समितिले चितवनको भरतपुरमा आयोजना गरेको निर्वाचन तथा महिला अधिकार सम्बन्धी नेतृत्व विकास तालिमको उद्घाटन गर्दै देउवाले पूर्व निर्धारित समयमा नै तीन तहको चुनाव हुनु आवश्यक रहेकाले सबै एकजुट भएर निर्वाचनमा लाग्नुपर्ने समेत बताए । तीन तहको चुनाव भएमा मात्रै संविधानको कार्यान्वयन हुन सक्ने अन्यथा नेपालमा ठूलो दुर्घटना हुन सक्ने देउवाको धारणा थियो । संविधान संशोधन प्रस्तावमाथि छलफल गर्न दिँदा प्रस्ताव पास हुन्छ भन्ने डरले एमालेले संसदमा अवरोध सिर्जना गरेको देउवाले आरोप लगाए ।उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् परराष्ट्र मन्त्री प्रकाश शरण महतले संविधान संशोधन नगरि संविधान कार्यान्वयनमा कठिनाइ भएको हुँदा प्रादेशिक सीमामा हेरफेर गर्दै संशोधन प्रस्ताव पेस गरिएको बताए । संविधानलाई कार्यान्वयन गर्दै मलुकमा आर्थिक विकास गरि समृद्ध नेपाल निर्माणमा सबै लाग्नुपर्ने भएकाले एमाले पनि आन्दोलन छोडेर छलफलमा आउनुपर्नेमा महतले जोड दिए । देशलाई निकास दिएर संविधान कार्यान्वयनमा सबैको सहमतिको लागि काँग्रेस सभापति देउवाकै अगुवाइमा संविधान संशोधनको प्रस्ताव आएको महले बताए ।
1नेपाल महिला संघ केन्द्रीय कार्य समितिले आयोजना गरेको उक्त नेतृत्व विकास तालिममा प्रदेश नम्बर ३ का महिला नेतृहरुको सहभागिता रहेको छ । प्रदेश नम्बर ३ मा पर्ने १३ वटा जिल्लाबाट तीन जनाका दरले महिलाहरु तालिममा सहभागी भएका छन् । मुलुकमा हुन लागेको आगामी तीन तहको निर्वाचनलाई लक्षित गर्दै महिलाहरुलाई तालिम प्रदान गरिएको नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष उमा रेग्मीले बताइन् । तीन दिनसम्म सञ्चालन हुने तलिममा केन्द्रीय नेताहरुले प्रशिक्षण दिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।