0 COMMENTS

 b-cकाठमाडौं२९, मङि्सर २०७३ ।  पटक पटक अनसन बसेर राष्ट्रिय कीर्तिमानी कायम गरेका डा. गोविन्द केसीविरुद्ध  अनसन थाल्ने धम्की दिएका छन ।
झापाका चैन्तय प्रकाश मैनालीले गोविन्द केसी विरुद्ध टुँडिखेलमा आफू अनशन बस्ने धम्की दिएका हुन । मैनाली स्वास्थ्य शिक्षा नागरिक सरोकार समाज मेचीका अध्यक्ष  हुन । उनी बिएन्डसी मेडिकल कलेज शिक्षण अस्पताललाई एक महिनाभित्र सञ्चालन अनुमति दिनुपर्ने,नदिएको खण्डमा आमरण अनशन बस्ने धम्की दिएका हुन ।

सम्झौताका कारण पाँच अर्ब बढीको लगानीमा सम्पूर्ण पूर्वाधार पूरा गरी सञ्चालन अनुमतिका लागि प्रक्रिया अघि बढेको अस्पताल सम्झौताका कारण अलपत्र परेको उनले बताएका छन ।

एक महिनाभित्र सञ्चालन अनुमति नदिए गोविन्द केसीकै शैलीमा टुँडिखेलमा आमरण अनशन बस्छु ।’ उनले भनेका छन ।
मैनालीले प्रा डा केसीसँग भएको १२ बुँदे सम्झौता खारेजीको माग गर्दै प्रधानमन्त्रीको कार्यालय, मुख्यसचिव, स्वास्थ्यमन्त्री, स्वास्थ्य सचिव, शिक्षामन्त्री, शिक्षा सचिव, तथा चिकित्सक डा केसीलाई विपक्षी बनाई यही मङ्सिर २२ गते सर्वोच्चमा दायर गरेको रिटमा सोमबार सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले विपक्षीलाई १५ दिनभित्र लिखित कारण पेस गर्न आदेश दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।