0 COMMENTS

नेपालगञ्ज, २८ मंसिर/ बाँकेको मटेहिया ४ भगवानपुरमा मुस्लिम धर्मगुरु पैगम्बर मोहम्मदको १४९१ औं जन्मोत्सवका अवसरमा निकालिएको र्‍यालीमा झडप हुँदा एक युवकको मृत्यु भएको छ ।
स्थानीय युवाहरुबीच विवाद हुँदा सोमबार साँझ भएको झडप हुन पुगेको थियो । झडपमा एक युवकको मृत्यु हुनाका साथै १० जना घाइते भएका छन् । झडपपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेको थियो । झडप नियन्त्रण गर्न प्रहरीले ८ राउण्ड हवाइ फायर गरेको अञ्चल प्रहरी कार्यालय भेरीले जनाएको छ ।झडपपछि बाँके प्रहरी प्रमुख एसपी टेकप्रसाद राई तथा सशस्त्र प्रहरी प्रमुख राजु अधिकारी नेतृत्वमा ठूलो संख्यामा टोली परिचालन गरिएको छ । थप भिडन्त हुन नदिन प्रहरीले सतर्कता अपनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।