0 COMMENTS

keratकाठमाडौं, २८ मंसिर/किराँत समुदायको महान पर्व उधौली आज मनाईदैंछ । साकेला उधौली समेत भनिने पर्व हरेक वर्ष मंसिर पुर्णीमाका दिन मनाउने गरिन्छ ।अन्नबाली भित्राईएको खुसीयाली तथा मानिस, जनावर र चराचुरुङ्गी लेकबाट बेँसीतिर झर्ने संकेत स्वरुप यो पर्व मनाउने चलन छ ।

अन्नबाली लगाउने बेला बैशाख पुर्णिमाका दिन किराँत समुदायले उभौली पर्व मनाउने गर्दछन् । किँरात समुदायका राई, लिम्बु, सुनुवार, याख्खा, जिरेल, सुरेल, हायु, धिमाल आदि समुदायले स्थान र जातअनुसार पर्व मनाउने प्रचलन छ ।पर्वका बेलामा बालबालिका, युवा, बृद्धबृद्धा सबै आपसमा गोलो घेरा लगाएर परम्परागत रुपमा साकेला नाच्ने गर्दछन् ।यसैबीच, नेवार समुदायले आज योमरी पुन्ही पर्व मनाउँदैछन् । यसपर्वमा तिल, चाकु र खुवा राखेर बनाईएको नयाँ चामलको परिकार, योमरी खाने चलन छ । वसन्तपुरमा ज्यापु समाज यमरी पुन्ही पर्व विषेश कार्यक्रमको आयोजना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।