0 COMMENTS

पाल्पा२७, मङ्सिर /कालीगण्डकी आमा समूह रामपुर पाल्पाले शिवालय मन्दिर निर्माण गरेका छन् ।
रामपुर नगरपालिका–६ स्थित कोप्चेघाटको झोलुङ्गे पुलको मुखैनिर मन्दिर निर्माण गरिएको हो । समूह कोषको दुई लाख र अन्य क्षेत्र, व्यक्तिबाट आर्थिक रकम उठाएर १६ लाखको लगानीमा मन्दिर निर्माण गरिएको निर्माण समिति सचिव बलबहादुर पोखरेलले बताए।
निर्माण कार्यमा समूहका ८५ जना सदस्यले श्रमदान गरेका थिए । मन्दिर निर्माण भएपछि पाल्पाको रामपुर र स्याङ्जाको साँखर गाविसलगायतका झन्डै दुई हजार स्थानीय लाभान्वित भएका छन् । मन्दिरसँगै शौचालय, खानेपानी, धर्मशाला, चौतारी निर्माण गरिएको बताइएको छ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।