0 COMMENTS

काठमाण्डाै,२७  मंसिर २०७३/ महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जोरपाटी नयाँबस्तीस्थित चौकी आक्रमण घटनामाथि छानविन थालेको छ । महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी सर्वेन्द्र खनालको संयोजकत्वमा टोली गठन गरिएको महानगरीय प्रहरी कार्यालय प्रमुख एआईजी प्रतापसिंह थापाले जानकारी दिए । आइतबार ट्याक्सी चालक राजकुमार लामाको मृत्यु भएपछि उनका आफन्त र छिमेकीहरुले प्रहरी चौकीमा आगजनी गरेका थिए ।

आक्रमणमा चार मोटरसाइकल जलेका थिए भने केही प्रहरी सामान्य घाइते समेत भएका थिए । भीडलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउन्ड अश्रुग्यास र २२ राउण्ड हवाईफायर र ६ राउण्ड रबर गोली प्रहार गरेको थियो । आक्रमण हुँदा स्थानीय र सादा पोशाकमा रहेका प्रहरीले मोबाईलमार्फत खिचेको भिडियो र फोटोका आधारमा प्रहरीले आक्रमणकारीहरुको खोजी र पक्राउ दिनभर जारी राखेको थियो ।

छानविन टोलीले स्थानीय र प्रहरीसँग घटनाबारे बयान लिनेछ भने घटनामा प्रहरीको भूमिका र प्रहरी चौकी आक्रमणको अन्तर्य बुझ्नेछ । एआईजी थापाले  भने, ‘ढिलोमा पनि हप्तादिनभित्र प्रतिवेदन तयार भइसक्नेछ । त्यसैका आधारमा घटनाको निष्कर्षमा पुगिनेछ ।’

आगजनीपछि महानगरीय प्रहरी कार्यालयले त्यहाँ कार्यरत सात प्रहरीलाई फिर्ता बोलाएर नयाँ समूह पठाएको छ । एआईजी थापाका अनुसार पहिले कार्यरत भन्दा धेरै संख्यामा प्रहरी पठाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।