0 COMMENTS

puspaकाठमाडौं, २७ मंसिर/नेपालकी अधिकारकर्मी पुष्पा बस्नेत सीएनएन सुपर हिरो बनेकी छन् । यसअघिका चार सीएनएन हिरोहरुलाई पछि पार्दै सन् २०१२ की सीएनएन हिरो बस्नेतले अवार्ड जितेकी हुन् ।

सीएनएनले अवार्ड वितरण गरेको १० वर्ष पुगेको अवसर पारेर अवार्ड विजेताहरुमध्येबाट सीएनएन ‘सुपर हिरो’ छानेको हो । उनले सन् २००८ की लीज म्याककार्टनी, २००९ का इफरिन फेनाफ्रलोरिडा, सन् २०११ की रोविन लिम र सन् २०१३ का चाड प्रिजेकलाई पछि पार्दै अवार्ड हात पारेकी हुन् ।

प्रारम्भिक बाल विकास केन्द्र र पुतली घर नामक संस्थाकी संस्थापक अध्यक्ष बस्नेत र उनको संस्थाले विभिन्न कारणले कैदमा परेका अभिभावकका छोराछोरीको अधिकारको सुरक्षा गर्ने काम गर्दछ ।

उपाधि पाएपछि आफ्नो प्रतिक्रियामा पुष्पाले भन्नुभएको छ, सबैभन्दा महत्वपूर्ण कुरा तपाई आफ्नो कामलाई विश्वास गर्नुहोस् र धैर्य गर्नुहोस् । उहाँले अगाडि थप्नु भएको छ, मेरो सपनालाई सार्थक बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ।

योसँगै पुष्पाले आफूले सञ्चालन गरिरहनुभएको कामको लागि ५० हजार डलर पनि प्राप्त गर्नुहुनेछ । सिएनएन हिरो छनोटको एक दशकको अवसरमा सिएनएन सुपर हिरो छनोट गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।