0 COMMENTS

बनेपा ,२६मङ्सिर/काभ्रेपलाञ्चोकको नासिकास्थान गाविस–१ भैसीपाटीको अरनिको राजमार्ग सडकखण्डमा आज बिहान दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा झापा जिल्लाका ४१ वर्षीय निलम कार्की र मोरङ मधुमाला–७ बस्ने ३५ वर्षीय मदन श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिनुभयो ।
दमकबाट सिन्धुली हुँदै काठमाडौँ गइरहेको मे१ज २१९१ नंको टाटासुमोलाई विपरीत दिशाबाट आउँदै गरेको बा४ख ३५५६ नंको टिपरले ठक्कर दिँदा सुमो खेतमा पल्टिएको थियो । प्रहरीका अनुसार टिपर चालक फरार छन् भने टिपर नियन्त्रणमा लिइएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका दुवैको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । सो घटनामा घाइते भएका अन्य नौजनाको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।