0 COMMENTS

jorpati मंसिर २६, २०७३ काठमाडौं /हिजाे शनिबार साँझ  पक्राउ परेका ट्याक्सीचालकको अाज मृत्यु भए पछि उक्त बिषयलाइ लीएर स्थानीय वासिन्दाले जोरपाटी नयाँवस्तीमा रहेको महानगरीय प्रहरी विटमा ढुङ्गामुडा प्रहार गरी अागजनी गरीएकाे छ ।

शनिबार साँझ पक्राउ परेका ट्याक्सीचालक राजु लामाको मृत्यु प्रहरीको कुटाइबाटै भएको भन्दै आइतबार बिहान ४/५ सय जनाको संख्यामा गएका स्थानीय वासिन्दाले प्रहरी चौकीमा आक्रमण गरेका हुन्। स्थानीय वासिन्दाले आक्रमण गर्दा दुई तले प्रहरी चौकी ध्वस्त भएको छ भने ५ वटा मोटरसाइकल पनि जलाइदिएका छन्। स्थानीय वासिन्दाको आक्रमणबाट १० जना प्रहरी पनि घाइते भएका एक प्रहरीले जानकारी दिए । अत्यधिक मादक पदार्थ सेवन गरेर ट्याक्सी चलाएका चालक लामालाई प्रहरीले शनिबार राती पक्राउ गरेको थियो। प्रहरीले भने उनलाई बिहान अस्पताल लैजाने क्रममा मृत्यु भएको जनाएको छ। तर स्थानीय वासिन्दाले प्रहरीको कुटपीटबाट मारिएको दावी गर्दै आक्रमण गरेका हुन्।घटनामा केहीराउण्ड हवाइ फायर भएकाे ले पुर्ण बिवरण अाउन बाकिरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।