0 COMMENTS

dattatreyaबर्दिया, २६ मंसिर / जुम्लाको चन्दननाथ मन्दिरको मूर्ति लिएर भाग्दै गरेका चोरको समूहमाथि प्रहरीले बर्दियाम  गोली चलाउँदा एक जना घाइते भएका छन् ।

जुम्लाको चन्दननाथ मन्दिरको बुद्धको मूर्ति लिएर भागेको समूहमाथि प्रहरीले गोली चलाउदा बाँसगढी–११ का ४७ वर्षका रामबहादुर सिंहको घुडामा गोली लागेर घाइते भएको अवस्थामा पक्राउ गरेको छ ।

मैनापोखर बजार नजिक डेउडाकला जंगल हुँदै भाग्दै गर्दा प्रहरीले गोली चलाउँदा रामबहादुर सिंह घाइते भएको बर्दियाका प्रहरी प्रमुख एसपी भरत बहादुर बोहोराले बताए । घाइते सिंहलाई उपचारको लागी नेपालगञ्ज लगिएको एसपी बोहराले जानकारी दिए ।

तस्कर समूहका घाइते रामबहादुर सिंहसहित जाजरकोट सिमा–९ की ३७ वर्षकी राधिका सिंहलाई बुद्धको मूर्तिसहित प्रहरीले नियन्त्रणमा लिएको छ । गोली चलेपछि त्यस क्षेत्रमा व्यापक रुपमा प्रहरी सर्च अभियान चलाएको छ ।

जुम्लाको चन्दननाथ मूर्ति चोरी भएको घटनामा अनुसन्धानमा खटिएको सुरक्षाकर्मीको टोलीले मूर्ति तस्करहरू डेउडाकला जंगलमा भाग्न थालेपछि गोली चलाएको हो ।

मूर्ति चोरी गरी त्यस क्षेत्रमा ल्याएको बिशेष सूचनाको आधारमा क्षेत्रीय अनुसन्धान टोली र सिआइबीको टोलीले सर्च गर्ने क्रममा मूर्ति तस्करहरू भाग्न थालेपछि गोली चलाएको बर्दिया प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।