0 COMMENTS

काठमाडौँ २५,मंसिर/ राष्ट्रिय खेलकुद परिषद् राखेपले आगामी पुस ८ देखि १५ गतेसम्म पूर्वाञ्चलमा हुने सातौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । राष्ट्रिय खेलकुदमा पूर्व निर्धारित ३५ मध्ये चार खेल गल्फ, स्नुकर, आर्चरी र फेन्सिङ भने न्यूनतम टिम नपुगेका कारण हटाइएको छ । ती चार खेल राष्ट्रिय खेलकुदकै दौरान गरिने भए पनि पदक गणना भने गरिने छैन् । जसका कारण ३१ खेलका २९४ स्वर्ण र रजत तथा ४४७ कास्यपदकका लागि करिब दुई हजार ५०० खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।

तीन खेल स्विमिङ, ट्रायथलन र बडिबिल्डिङ पनि यसअघि नै सम्पन्न भइसकेका छन् । त्यसका कारण पूर्वाञ्चलमा २८ खेल मात्र हुनेछन् । सुनसरी, मोरङ, झापा, धनकुटा, सिरहा र सप्तरीमा गरी पूर्वाञ्चलका छ जिल्लामा तथा स्वासका खेल भने स्थान अभावका कारण ललितपुरमै सञ्चालन हुनेछन् । केही खेल आगामी पुस २ गतेदेखि नै सुरु हुनेछन् ।

सरकारले चार किस्तामा निकासा गरेको रु २० लाख रकम पूर्वाधार सामान्य विकासका लागि प्रयोग गरिएको राखेपले जनाएको छ । राखेपले रु ११ करोड ६० लाखभन्दा कम दिए आयोजना गर्न कठिन हुने जनाएको छ । सातौँ राष्ट्रिय खेलकुदको उद्घाटन विराटनगरको सहिद रङ्गशालामा र समापन धरान रङ्गशालामा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।