काभ्रे २५,मंङ्सीर । महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेका बेला बोक्सीको आरोपमा मलमूत्र खुवाएर निर्घात कुटपिट गरिएकी काभ्रे सानो गौथली– ७ की ३३ वर्षीया लक्ष्मी परियारको मृत्यु भएको छ ।
आजको नयाँ पत्रिकामा खबर छ– स्थानीय हीरा लामा र उनकी आमाले बुधबार डोरीले बाँधेर परियारलाई मलमूत्र खुवाई मरणाशन्न हुनेगरि कुटपिट गरेका थिए । गम्भीर घाइते भएकी परियारको शुक्रबार मृत्यु भएको हो ।
पीडित परियारले प्रहरी कार्यालय चौबासमा उजुरी दिएकी थिइन् । तर, प्रहरी र स्थानीयले बिहीबार मिलापत्र गराए । त्यसको २४ घन्टा नबित्दै उनको मृत्यु भएको हो । मृत्यु भएपछि माइती पक्षले हत्या गरिएको भन्दै कारबाहीका लागि प्रहरीसमक्ष जाहेरी दिएको छ । काभ्रेका एसपी सहकुल थापाले घटनाबारे अनुसन्धान भइरहेको बताए ।
प्रतिक्रिया दिनुहोस्